FAQs Complain Problems

ताजा जानकारी

सुशासन समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
१ धर्मेन्द्र श्रेष्ठ (वडा नं. ४)  संयोजक ९८४१६७३१२२  
२ सपना राना  सदस्य  ९८४९३६७३३०  
३ सुनिता अधिकारी काफ्ले  सदस्य  ९८४११४८५४१  

 

 

 

 

लेखा समितिको काम कर्तव्य र अधिकार:

(१) विकास निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता, नियमितता र प्रभावकारिता कायम गरी नगरपालिकामा संस्थागत सुशासन कायम गर्न आवस्यक नीति निर्माणका लागि सुझाब पेश गर्ने ।

(२) नगरपालिकाबाट हुने सेवा प्रवाहलाई सरल, सहज र परिणाममुखी बनाउन आवस्यक सहयोग गर्ने ।

(३) कानून, नगर सभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने ।

(४) नगरपालिकाको संगठन संरचना, कर्मचारी दरबन्दी र कार्यविवरणको अध्ययन र अनुगमन गरी सुधारका लागि सुझाव प्रस्तुत गर्ने ।

 (५) जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण, तालिम, गोष्ठी, अध्ययन, अवलोकन भ्रमणको योजना बनाउने ।

(६) प्रचलित कानून बमोजिम कर्मचारीको वृत्तिविकास सेवा शर्त र सुविधाका सम्बन्धमा आवस्यक नीति निर्माणका लागि सुझाव प्रस्तुत गर्ने ।

(७) सूचना तथा संचार प्रविधिको विकास, विस्तार र उपयोगलाई बढाउन आवस्यक नीति, योजना र कार्यक्रम तय गर्ने ।

(८) सूचना प्रविधिको पहुच विस्तार गर्न आवस्यक नीति र कार्यक्रम तयार गर्ने ।

(९) वडाबाट प्राथमिकीकरण भई आएका कार्यक्रमहरुको एकिकृत खाका तयार गर्ने ।

(१०) सभाले तोकेका अन्य कार्य गर्ने ।