FAQs Complain Problems

Flash News

सुशासन समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
धर्मेन्द्र श्रेष्ठ (वडा नं. ४)  संयोजक ९८४१६७३१२२  
सपना राना  सदस्य  ९८४९३६७३३०  
सुनिता अधिकारी काफ्ले  सदस्य  ९८४११४८५४१  

 

 

 

 

लेखा समितिको काम कर्तव्य र अधिकार:

(१) विकास निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता, नियमितता र प्रभावकारिता कायम गरी नगरपालिकामा संस्थागत सुशासन कायम गर्न आवस्यक नीति निर्माणका लागि सुझाब पेश गर्ने ।

(२) नगरपालिकाबाट हुने सेवा प्रवाहलाई सरल, सहज र परिणाममुखी बनाउन आवस्यक सहयोग गर्ने ।

(३) कानून, नगर सभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने ।

(४) नगरपालिकाको संगठन संरचना, कर्मचारी दरबन्दी र कार्यविवरणको अध्ययन र अनुगमन गरी सुधारका लागि सुझाव प्रस्तुत गर्ने ।

 (५) जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण, तालिम, गोष्ठी, अध्ययन, अवलोकन भ्रमणको योजना बनाउने ।

(६) प्रचलित कानून बमोजिम कर्मचारीको वृत्तिविकास सेवा शर्त र सुविधाका सम्बन्धमा आवस्यक नीति निर्माणका लागि सुझाव प्रस्तुत गर्ने ।

(७) सूचना तथा संचार प्रविधिको विकास, विस्तार र उपयोगलाई बढाउन आवस्यक नीति, योजना र कार्यक्रम तय गर्ने ।

(८) सूचना प्रविधिको पहुच विस्तार गर्न आवस्यक नीति र कार्यक्रम तयार गर्ने ।

(९) वडाबाट प्राथमिकीकरण भई आएका कार्यक्रमहरुको एकिकृत खाका तयार गर्ने ।

(१०) सभाले तोकेका अन्य कार्य गर्ने ।