FAQs Complain Problems

सामाजिक विकास समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
सायरा परियार  संयोजक ९८५१३३५८३१  
शान्ता खनाल  सदस्य  ९८४१६६६७७१  
प्रेम कुमार सुनुवार सदस्य  ९८५१०६५५६३  

 

 

 

 

सामाजिक विकास समितिको काम कर्तव्य र अधिकार:

(१) नगरपालिका क्षेत्रको सामाजिक सुरक्षा, समाज कल्याण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, उद्यमशीलता क्षमताको विकास र रोजगार तथा स्वरोजगार सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा गर्ने ।

(२) महिला, बालबालिका, जेष्ठनागरिक, असहाय र अपांगता भएका व्यक्ति, पछाडि रहेका वर्ग, विपन्न र सिमान्तकृत वर्गहरुको हक हित र सुविधाकालागि प्रभावकारी रुपले कार्यक्रम कार्यान्वयन गर्न आवस्यक कार्य योजना र प्रक्रिया निर्माण गर्ने ।

(३) लक्षित वर्ग, समाज कल्याण एवम् सामाजिक विकासका लागि संचालन गरिएका कार्यक्रमहरुको अनुगमन, मूल्यांकन र समीक्षा गरी प्रतिवेदन प्रस्तुत गर्ने ।

(४) नगरपालिका क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, खेलकुद लगायतका क्षेत्रहरुको दीर्घकालीन विकासकालागि आवस्यक नीति तथा योजना निर्माणको खाका तयार गर्ने ।

(५) समाजमा रहेका असहाय, अपांगता भएका, एकल महिला, दलित, उत्पीडित र पछाडि पारिएको वर्ग तथा हिंसा र घरेलु हिंसा पीडित व्यक्तिको सुरक्षा, सम्मान र स्वावलम्बनकालागि आवस्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा सहयोग र अनुगमन गर्ने ।

(६) अस्पताल तथा आधारभूत स्वास्थ्य केन्द्रहरुको सुदृढीकरण गरी आधारभूत स्वास्थ्य सेवा, खोप, पोषण कार्यक्रम, मातृ शिशु स्वास्थ्यलगायतका सेवाहरुको पहुचलाई सुनिश्चत गर्न आवस्यक कार्य गर्ने ।

(७) नगरपालिका भित्र जेष्ठ नागरिक सेवा आश्रम, बाल आश्रम, सुधार केन्द्र र महिला सुरक्षा गृह स्थापना र संचालनकालागि कार्यक्रम निर्माण गर्ने र अनुगमन गर्ने

(८) बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवस्यक नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनको अनुगमन गर्ने।

(९) आधारभूत तथा माध्यमिक शिक्षामा पहुच र गुणस्तर अभिबृद्धिका लागि आवस्यक नीति तथा योजना निर्माणका लागि सुझाब प्रस्तुत गर्ने ।

 (१०) विद्यालयहरुको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरी सुधारका लागि नीति, योजना र कार्यक्रम पेश गर्ने ।

(११) मठ, मन्दिर, गुम्बा, मस्जिद एवम् परंपरागत मेला, जात्रा, पर्व, महोत्सव आदि जस्ता धार्मिक, सास्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धनकालागि आवस्यक नीति, योजना र कार्यक्रम तयार गर्ने ।

(१२) वडाबाट प्राथमिकीकरण भई आएका कार्यक्रमहरुको एकीकृत खाका तयार गर्ने ।

(१३) सभाले तोकेका अन्य कार्य गर्ने ।