FAQs Complain Problems

ताजा जानकारी

सामाजिक विकास समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
१ सायरा परियार  संयोजक ९८५१३३५८३१  
२ अनुप कुमार राई  सदस्य  ९८६११६५७४२  
३ प्रेम कुमार सुनुवार सदस्य  ९८५१०६५५६३  

 

 

 

 

सामाजिक विकास समितिको काम कर्तव्य र अधिकार:

(१) नगरपालिका क्षेत्रको सामाजिक सुरक्षा, समाज कल्याण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, उद्यमशीलता क्षमताको विकास र रोजगार तथा स्वरोजगार सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा गर्ने ।

(२) महिला, बालबालिका, जेष्ठनागरिक, असहाय र अपांगता भएका व्यक्ति, पछाडि रहेका वर्ग, विपन्न र सिमान्तकृत वर्गहरुको हक हित र सुविधाकालागि प्रभावकारी रुपले कार्यक्रम कार्यान्वयन गर्न आवस्यक कार्य योजना र प्रक्रिया निर्माण गर्ने ।

(३) लक्षित वर्ग, समाज कल्याण एवम् सामाजिक विकासका लागि संचालन गरिएका कार्यक्रमहरुको अनुगमन, मूल्यांकन र समीक्षा गरी प्रतिवेदन प्रस्तुत गर्ने ।

(४) नगरपालिका क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, खेलकुद लगायतका क्षेत्रहरुको दीर्घकालीन विकासकालागि आवस्यक नीति तथा योजना निर्माणको खाका तयार गर्ने ।

(५) समाजमा रहेका असहाय, अपांगता भएका, एकल महिला, दलित, उत्पीडित र पछाडि पारिएको वर्ग तथा हिंसा र घरेलु हिंसा पीडित व्यक्तिको सुरक्षा, सम्मान र स्वावलम्बनकालागि आवस्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा सहयोग र अनुगमन गर्ने ।

(६) अस्पताल तथा आधारभूत स्वास्थ्य केन्द्रहरुको सुदृढीकरण गरी आधारभूत स्वास्थ्य सेवा, खोप, पोषण कार्यक्रम, मातृ शिशु स्वास्थ्यलगायतका सेवाहरुको पहुचलाई सुनिश्चत गर्न आवस्यक कार्य गर्ने ।

(७) नगरपालिका भित्र जेष्ठ नागरिक सेवा आश्रम, बाल आश्रम, सुधार केन्द्र र महिला सुरक्षा गृह स्थापना र संचालनकालागि कार्यक्रम निर्माण गर्ने र अनुगमन गर्ने

(८) बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवस्यक नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनको अनुगमन गर्ने।

(९) आधारभूत तथा माध्यमिक शिक्षामा पहुच र गुणस्तर अभिबृद्धिका लागि आवस्यक नीति तथा योजना निर्माणका लागि सुझाब प्रस्तुत गर्ने ।

 (१०) विद्यालयहरुको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरी सुधारका लागि नीति, योजना र कार्यक्रम पेश गर्ने ।

(११) मठ, मन्दिर, गुम्बा, मस्जिद एवम् परंपरागत मेला, जात्रा, पर्व, महोत्सव आदि जस्ता धार्मिक, सास्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धनकालागि आवस्यक नीति, योजना र कार्यक्रम तयार गर्ने ।

(१२) वडाबाट प्राथमिकीकरण भई आएका कार्यक्रमहरुको एकीकृत खाका तयार गर्ने ।

(१३) सभाले तोकेका अन्य कार्य गर्ने ।