FAQs Complain Problems

ताजा जानकारी

लेखा समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
१ हरिकृष्ण श्रेष्ठ   संयोजक ९८५१०११०५८  
२ ईश्वरी घिमिरे  सदस्य  ९८४१८६२२९९  
३ नविन महर्जन सदस्य  ९८६१२२८९९८  

 

 

 

 

लेखा समितिको काम कर्तव्य र अधिकार:

(१) वित्तीय सुशासन कायम गर्न नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता पुष्टी हुने गरी आर्थिक प्रशासन संचालनका लागिआवश्यक नीति, योजना, कार्यक्रम निर्माण गर्ने ।

(२) सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको परिपालना गर्न, गराउन आवश्यक सहयोग गर्ने ।

(३) सार्वजनिक खरिद व्यवस्थालाई अधिकतम उपलब्धीमूलक बनाउन आवश्यक सुझावहरु सिफारिस गर्ने ।

(४) स्थानीय संचितकोष र आकस्मिक कोषको व्यवस्थापन र संचालनमा सहयोग गर्ने,

(५) नगर कार्यपालिका कार्यालय तथा वडा कार्यालयबाट भए गरेको खर्च प्रणाली कानून वमोजिम र पारदर्शी भए/नभएको सम्बन्धमा अनुगमन गरी सुझाब सिफारिस गर्ने ।

(६) नगरपालिकाको आर्थिक तथा वित्तीय कारोवारमा आवश्यक सुधारका लागि अध्ययन गरी सुझाव प्रस्तुत गर्ने ।

(७) महालेखा परीक्षकको कार्यालयले औल्याएका बेरुजु फस्र्यौटका लागि आवश्यक प्रक्रिया निर्धारण गरी सिफारिस गर्ने ।

(८) नगरपालिकाको राजश्व परिचालन र संकलनको अवस्था, प्रक्रिया र उपलब्धीको मूल्यांकन गरी सुझाव प्रस्तुत गर्ने ।

(९) सभाले तोकेका अन्य कार्य गर्ने ।