ताजा जानकारी
टोखा नगरपालिकाको साझेदारी तथा त्रिभुवन विश्वविद्यालय र Kathmandu Institute of Applied Sciences को आयोजनामा "दिगो फोहोरमैला ब्यबस्थापन" विषयको एक दिवसीय गोष्ठी
टोखा नगरपालिकाको साझेदारी तथा त्रिभुवन विश्वविद्यालय र Kathmandu Institute of Applied Sciences को आयोजनामा "दिगो फोहोरमैला ब्यबस्थापन" विषयको एक दिवसीय गोष्ठी टोखा नगरपालिका, वडा नं. ३ को कार्यालयको सभाहल, सरस्वतीमा सम्पन्न भयो । जसमा अध्यक्षता टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख आतिथ्यता माननीय वन तथा वातावरण मंत्री, शक्ति बहादुर बस्नेतज्यूले गर्नुभएको थियो। प्रस्तुतिकरणमा डा. केदार रिजाल, CDES, TU; डा. मोहन डाँगी, Fulbright Specialist तथा Associate Professor, California State University, Fresno, CA, US; Ms. Bishnu Thakali, President, Women's Environment Preservation Committee र डा. निर्मल विष्ट, Institutional Development Expert रहनु भएको थियो । टोखा नगरपालिकाको दिगो फोहोरमैला ब्यबस्थापन गुरुयोजना निर्माणमा वातावारण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले सहयोग गर्ने हुनाले वहाँहरुप्रति धन्यवाद ब्यक्त गर्न चाहन्छौं । साथमा, सो कार्यक्रमका झलकहरु ....