FAQs Complain Problems

News

टोखा नगरपालिकाको दोस्रो नगर परिषद

टोखा नगरपालिकाको दोस्रो नगर परिषदमा नगरपालिकाका कार्यकारी अधिकृत श्री भोजराज खतिवडाबाट प्रस्तुत नीति, बजेट तथा कार्यक्रमहरु ः

प्रमुख अतिथि माननीय भूमिसुधार तथा ब्यवस्था राज्यमन्त्री श्री विक्रम बहादुर थापाज्यू ।
विशिष्ट अतिथि ब्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु,
प्रमुख जिल्ला अधिकारीज्यू,
महानगरपालिकाका कार्यकारी अधिकृतज्यू,
स्थानीय विकास अधिकारीज्यू,
बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृतज्यू,
तार्केश्वर नगरपालिकाका कार्यकारी अधिकृतज्यू,
राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
विषयगत कार्यालयका प्रमूखज्यूहरु,
विषयगत समितिका संयोजक तथा प्रतिनिधीज्यूहरु,
वडा नागरिक मञ्चका संयोजक तथा सदस्यज्यूहरु,
कार्यक्रममा आमन्त्रित अन्य महानुभावहरु,
पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरु,
संघ÷संस्था÷क्लव÷समुहका महानुभावहरु,
सम्पूर्ण नगरबासी दाजु भाई तथा दिदी बहिनीहरु,

सर्वप्रथम हाम्रो देशमा भएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्नुहुने अमर शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । टोखा नगरपालिकाको दोस्रो नगरपरिषदबाट स्वीकृत आर्थिक वर्ष २०७३÷०७४ को बार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्ष बिभोर भएको छु । यस अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो कार्य ब्यस्तताका बावजुद पनि समुपस्थित हुनु भएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि ज्यूहरु लगायत सम्पूर्ण आमन्त्रित महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।

आदरणीय महानुभावहरु,
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.सहरु झोरमहांकाल,टोखा चण्डेश्वरी,टोखा सरस्वती, धापासी र गोगंवु) समेटी यस टोखा नगरपालिकाको गठन भएको हो । प्राचीन वैज्ञानिक वस्ती व्यवस्थापन भएको एतिहासिक शहर टोखा समेत यसै क्षेत्रमा रहेको छ । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं.३ र २९ पर्दछन् । यो नगरपालिकाको आकार उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही साँघुरो प्रकृतिको छ । शिवपुरी जंगलको फेदीमा अवस्थित १६.९ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको यो नगरपालिका बहुजातिय र बहुभाषिक रुपमा रहेको छ । यस नगरपालिकामा जम्मा घरधुरी संख्या २५५६१ रहेको छ । यस नगरपालिकामा २०६८ को जनजणना अनुसार जम्मा जनसंख्या ९९,०३२ रहेको छ । जसमा पुरुषको संख्या ४८,३२३ र महिलाको संख्या ५०,९०९ रहेको छ । यस नगरपालिकाको जनघनत्व ५८.५९ प्रति वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको साक्षरता दर सरदर ९० प्रतिशत रहेको छ । यस नगरपालिकाको प्रमुख पर्यटकिय स्थलको रुपमा झोरमहाँकालमा रहेको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीमा अवस्थित सपनतिर्थ र चण्डेश्वरी, टोखा सरस्वतीमा अवस्थित भुतखेल चौर, धापासीमा रहेको वसुन्धरादेवी, गोगंवुँमा अवस्थित मनोहरतिर्थ र वीचविनायक प्रमुख रुपमा रहेको छन् । यस नगरपालिका क्षेत्र भएर वग्ने प्रमुख नदीहरुमा विष्णुमति, साङ्गले खोला र सपनतिर्थ रहेका छन् । यस नगरपालिकामा पर्ने मुख्य पोखरीहरुमा सरस्वती गहना पोखरी, गणेशपोखरी, सपनतिर्थ स्नान कुण्ड मुख्य रहेका छन् । यस नगरपालिकामा अवस्थित अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाएको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल लगायत धेरै अस्पतालहरु रहेका छन् । त्यसै गरी देउराली जनता फर्मास्युटिकल प्रा.लि लगायतका औषधि उत्पादन कम्पनीले स्वास्थ्य क्षेत्रमा उच्च योगदान पु¥याएका छन् । यस नगरपालिकामा रहेका सामुदायिक तथा नीजि विद्यालय तथा उच्च मा.विहरुबाट गुणस्तरिय शिक्षा प्रदान भई आएको छ ।

आदरणीय महानुभावहरु,
टोखा नगरपालिकाको आर्थिक वर्ष २०७३÷०७४ को बार्षिक नगर विकास योजना तर्जुमा गर्ने क्रममा निर्वाचित जनप्रतिनिधिको रिक्तता महसुस हुँदा हुँदै पनि सीमित श्रोत र साधनको बैकल्पिक प्रयोगका माध्यमबाट सकेसम्म नगरबासीहरुको माग र आवश्यकतालाई समेट्ने प्रयत्न गरिएको छ । खास गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली २०५६, नगरपालिकाको बार्षिक योजना तर्जुमा कार्यविधि, २०६८ र स्थानीय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि, २०६९ मा गरिएको ब्यवस्थालाई पालना गर्दै योजना तुर्जमाका विभिन्न चरणहरु पार गरिएको छ । यसका साथै नगर विकास योजना, चालु आवधिक योजना, सहश्राब्दि विकास लक्ष्य, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्ग दर्शन समेतलाई आधार मानिएको छ । यसै सिलसिलामा टोखा नगरपालिकाका वडा नागरिक मञ्चहरु, विभिन्न लक्षित समूहहरु, राजनैतिक दलहरु, विषयगत सरकारी कार्यालयहरु तथा गैर सरकारी संघसंस्थ, नागरिक समाज, बुद्धिजिबीवर्ग आदी सबैबाट प्राप्त सुझावलाई समेत समेटिएको छ । साथै वडास्तरीय भेलाबाट छनौट भई आएका योजनाको प्राथमिकीकरणलाई एकीकृत योजना तर्जुमा समितिले अन्तिम रुप दिएको छ । योजना तर्जुमा समितिबाट प्राप्त सिफारिसका आधारमा नगरपालिका बोर्ड बैठकबाट निर्णय भई नगर परिषद बैठकबाट योजना तथा कार्यक्रम पारित भएका छन् ।

टोखा नगरपालिकाले पहिलो नगरपरिषद तथा विशेष नगरपरिषदबाट गरिएका विभिन्न निर्णयहरु र नगर विकासको लागि पारित गरिएका नीतिगत निर्णयहरु चालु आर्थिक वर्षमा कार्यान्वयनको चरणमा रहेका छन् । स्थानीय सरकारको भूमिका निर्वाह गरिरहेको यस टोखा नगरपालिकाले सिमित श्रोत साधनका बावजुद पनि बढ्दो जन आकांक्षालाई सम्बोधन गर्ने प्रयास भएको छ । नगरबासीहरुको चाहना मुताविक योजना समावेश भएको हुँदा यसको कार्यान्वयनको जिम्मा पनि समग्र नगरबासीको काँधमा आईपरेको छ । योजना तर्जुमाको सन्दर्भ एउटा हो भने त्यसको असल कार्यान्वयन र भरपर्दो अनुगमन अर्को महत्वपूर्ण कुरा हो । टोखा नगरपालिकाले यस सन्दर्भलाई विशेष जोड दिएको कुरा नगरबासीमा अनुरोध गर्न चाहन्छु ।

आदरणीय महानुभावहरु !

अव म आ.व. ०७३।०७४ का लागि बजेटका उद्देश्य, प्राथमिकता र प्राथमिकताका आधारहरु प्रस्तुत गर्न गइरहेको छु ।
क) बजेटका उद्देश्यहरु-
ड्ड नगर क्षेत्रमा शान्ति सुशासन, दिगो विकासको स्थापना गर्ने ।
ड्ड भुकम्पवाट सृजित भग्नावशेषको व्यवस्थापन गरि नगर क्षेत्रलाई सफा र स्वच्छ राख्ने ।
ड्ड साँस्कृतिक नगर र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने ।
ड्ड नगरको भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी नगरवासीको जीवनस्तरमा सुधार ल्याउने ।
ड्ड नगरको विकास व्यवस्थापनमा सहभागितामूलक कार्यमा समन्वयकर्ताको भूमिका निर्वाह गर्ने ।

ख) बजेटका प्राथमिकताहरु –
१ स्थानीय जनताको मागमा आधारित, स्थानीय स्रोत साधनले धान्न सक्ने र दीगो प्रकृतिका योजनाहरुका साथै बढी भन्दा बढी स्थानीय सीप, साधन, प्रविधि प्रयोग गर्न सकिने, वातावरण मैत्री श्रममूलक र लागत सहभागिता तथा जनसहभागितामा सञ्चालन गर्न सकिने योजनाहरु ।
२ क्रमागत एवं अधुरा रहेका योजनाहरु तथा थोरै रकममा मर्मत गरी पुनः सञ्चालनमा ल्याउन सकिने योजनाहरु ।
३ तोकिएको निश्चित अवधिमा सम्पन्न हुने योजनाहरु ।
४ गरिवी न्यूनीकरण, वातावरण संरक्षण, विपद ब्यवस्थापन तथा जलवायु परिवर्तन, जोखिम न्यूनिकरण समावेशी विकासमा सहयोग पु¥याउने, छोटो समयमा सम्पन्न भई बढी प्रतिफल दिने, कम लगानीबाट बढी जनसंख्यालाई लाभ पु¥याउने योजनाहरु ।

ग) बजेटका प्राथमिकताका आधारहरु –
१ कृषि तथा सिंचाई सम्बन्धी योजनाहरु,
२ सामाजिक र आर्थिक रुपले विपन्न वर्गलाई प्रत्यक्ष फाईदा पुग्ने आयोजनाहरु,
३ समाजिक, आर्थिक एवं भौतिक पूर्वाधार सम्बन्धी आयोजनाहरु,
४ महिला, दलित, आदिबासी, जनजाती, अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक, मधेशी, मुस्लिम, युवा एवं पिछडावर्गको मूलप्रवाहीकरण, सशक्तिकरण तथा जीवनस्तर सुधारमा सघाउ पु¥याउने खालका योजनाहरु,
५ बालमैत्री स्थानीय शासनको अवधारणालाई सघाउ पुग्ने योजनाहरु,
६ उपभोक्ता समिति र सामुदायिक संस्थाहरुबाट कार्यान्वयन, सञ्चालन र मर्मत संभार गर्न सकिने खालका योजनाहरु,
७ खानेपानी तथा सरसफाई सम्बन्धी अभियानमूलक आयोजनाहरु,
८ चेतना अभिबृद्धि, सामाजिक परिचालन, संस्थागत क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमहरु,
९ विषयगत क्षेत्र (स्वास्थ्य, शिक्षा, कृषी, पशु, बन, जडिबुटी) को विकास र प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरु,
१० वातावरण संरक्षण तथा नबीकरणीय उर्जा विकास सम्बन्धी योजनाहरु,
११ अपाङ्गता सम्बन्धी आवश्यक योजना र कार्यक्रमहरु ।

आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि एवं उपस्थित महानुभावहरु !
अव म आगामि आर्थिक वर्ष ०७३÷०७४ का लागि तय गरिएका कार्यनीति र रणनीतिहरु निम्न अनुसार प्रस्तुत गर्न चाहन्छु ।
घ) कार्यनीति र रणनीतिहरु-
१ नगरमा विद्यमान ऐतिहासिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण र संबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२ फोहोर मैलाको उचित व्यवस्थापन गरी नगरलाई सफा सहरको रुपमा प्रवद्र्धन गर्न दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गरिने छ ।
३ सदाचार पद्धतिको अवलम्बन गरी भ्रष्ट्राचार, विरुद्ध शुन्य सहनसिलताको सिद्धान्त अनुसरण गर्ने ।
४ आर्थिक अनुशासन र पारदर्शिता कायम गरी जनसहभागिता जुटाउने र गुणस्तरीय कार्यको लागि उपभोक्ता समिति मार्पmत् आयोजनाहरु सञ्चालन गर्न प्राथमिकता दिइने छ ।
५ साक्षरता अभियान, स्वास्थ्य सेवामा सुधार, सीप विकास, रोजगार आयमूलक, खेलकुद विकास तथा विकासमा महिला सहभागिता अभिबृद्धि गरी मानव विकास सूचकांकमा क्रमिक रुपमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने छ ।
६ लक्षित समूहको उत्थान र सशक्तिकरणका लागि समावेशी कार्यक्रमहरु सञ्चालनमा प्राथमिकता दिइने छ ।
७ सीप विकास सम्बन्धि कार्यक्रमहरु मार्पmत् रोजगारीका अवसर बृद्धि गरी गरिवी न्यूनीकरण गर्ने प्रयास गरिने छ ।
८ विकासका कार्यक्रम सञ्चालन गर्न नगर क्षेत्रमा विद्यमान स्रोतहरुको पहिचान, प्रबद्र्धन र आन्तरिक स्रोतको परिचालनमा जोड दिइने छ ।
९ नगरको भौतिक, सामाजिक र आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी ९एगदष्अि(एचष्खबतभ एबचतलभचकजष्उ० कार्यक्रमका साथै सरोकारवाला संघ संस्था र निकायहरुसँग साझेदारी गर्न प्रयास गरिने छ ।
१० नगरको आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील सरकारी निकायहरु र गैर सरकारी संस्था बीच सहकार्यका लागि समन्वय गर्ने, प्रोत्साहित र सहजीकरण गर्ने तथा अनुगमन र मूल्याङ्कन गर्ने कार्यमा विशेष भूमिका निर्वाह गर्न प्रयास गरिने छ ।
११ नगरपालिकामा बढी कर तिर्ने करदाताहरुलाई प्रोत्साहन गरिने छ ।
१२ महिलाहरुलाई लक्षित गरी परम्परागत कृषिबाट उद्यमशील र व्यवसायिक खेती तथा अन्य आय आर्जन बृद्धि हुने कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१३ नगरलाई बाल मैत्री नगर निर्माण गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१४ आकाशे पानी सङ्कलन गरी पानीको अभाव पूरा गर्न नगरवासीहरुलाई प्रोत्साहन गरिने छ ।
१५ नगरपालिकाको कार्य सञ्चालनमा सहजीकरणका लागि स्थानीय स्वायत्त शासन ऐन नियमावली अनुसार विषयगत समितिहरु गठन गरी क्रियाशिल गराईने छ ।
१६ सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप प्रभावकारी बनाईनेछ ।
१७ आन्तरिक लेखापरीक्षण शाखाको गठनको लागि पहल गरिनेछ ।
१८ राजश्व संकलन कार्यको उचित मुल्यांकन, अध्ययन गरी प्राप्त हुने सुझावका आधारमा राजश्व प्रशासनलाई प्रभावकारी बनाईनेछ ।
१९ सम्पन्न कार्यक्रम तथा आयोजनाहरुको स्थलगत शार्वजनिक लेखापरीक्षण गरेर मात्र भुक्तानी दिने ब्यवस्था मिलाईनेछ ।
२० कर शुल्क र दस्तुरको नयाँ क्षेत्र समेत पहिचान गरी करको दायरा फराकिलो बनाईनेछ ।
२१ विकास योजनामा मितब्ययिता, कार्यदक्षता र वित्तिय अनुशासनलाई प्रवद्र्धन गर्न अनुगमन मुल्यांकनलाई प्राथमिकता दिईनेछ ।
२२ नगर यायाताय गुरुयोजना तयार गर्नको लागि विषय विज्ञ समेतको राय परामर्श अनुसार आवश्यक पहल कदमि गरिनेछ ।
२३ विकास कार्य तथा आयोजनाहरुको अनुगमन मुल्यांकनलाई नतिजामुखी बनाउन आवश्यक सूचक सहितको अनुगमन मुल्यांकन कार्यविधि तर्जुमा गरिनेछ ।
२४ नगरपालिका क्षेत्रभित्र रहेको क्रियाशिल विषयसँग सम्बन्धित गै¥ह सरकारी संस्थाहरुको खोजी गर्न पहल गरिनेछ साथै सुची ब्यवस्थित गरिनेछ ।
२५ जन सहभागीतामा आधारित भौतिक पूर्वाधार विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिईनेछ ।
२६ सबै वडा कार्यालय भवन र नगरपालिकाको कार्यालय भवन उपयुुक्त स्थानमा निर्माण गर्न पहल गरिनेछ ।
२७ नगरमा गौरवका योजना छनौट गरी आवश्यक रकमको ब्यवस्था गरिनेछ ।
२८ विद्यमान विशाल संस्कृतिको निरन्तरता तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन तथा ब्यवस्थापन गर्दै आधुनिक कृषि, ब्यवसायिक शिक्षा तथा पर्यटनका दीगो तथा वातावरण मैत्री पूर्वाधार निर्माण गरी रोजगारीको सुनिश्चितता साथै समुन्नत, तथा विकसित समाजको श्रृजना गर्ने ।
२९ अन्तर निकायबीच समन्वय भई योजनामा दोहोरोपना हटाई लगानीको सदुपयोग गर्ने ।
३० प्राकृतिक प्रकोप तथा विपद् पश्चातको पुनस्र्थापना एवं पुननिर्माण प्रभावकारी बनाइने छ ।
३१ स्थानीय सामाजिक सेवा प्रवाह तथा विकासका साझेदारीहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
३२ उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा समेत योजनाको दीगोपन र मर्मत संभारका लागि निश्चित प्रतिशत रकम छुट्याई कोषमा राख्ने र सोही प्रयोजनमा खर्च गर्ने गरी उपभोक्ता समितिलाई जिम्मेवार बनाउने नीति लिईनेछ ।
३३ असीमित आवश्यकतालाई उपलब्ध स्रोत र साधनलाई विबेकपूर्ण वितरण गरी सामाजिक विकासमा टेवा पु¥याउने ।
३४ सरोकारबाला निकायसँग समन्वय गरी नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको अभिलेख तयार गर्ने र सोको संरक्षण गर्ने नीति लिईनेछ ।
३५ सार्वजनिक सेवा प्रवाहमा लक्षित जनताको पहुँच बढाउन सर्भिस सेन्टरका रुपमा रहेका वडा कार्यालयको क्षमता विकास गरी सेवा संचालन र पारदर्शिता प्रवद्र्धन गर्न सार्वजनिक सुनुवाई सञ्चालन गरी त्यसको प्रतिवेदन सार्वजनिकीकरण गर्दै रचनात्मक सुझावको क्रमश कार्यान्वयन गरिनेछ ।
३६ यस टोखा नगरपालिकामा स्थायी बसोबास गर्ने भूमीहिन वर्गको आवश्यक ब्यवस्थापनको लागि नेपाल सरकार एवं सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कार्य गरिनेछ ।
३७ नगर क्षेत्रभित्रका सरकारी, गुठी, सार्वजनिक, ऐलानी, पर्ति जग्गा एवं पोखरी ताल, तलैया आदिको लगत राख्ने र त्यस्ता जग्गा, पोखरी, ताल तलैया गैरकानूनी किसिमले हडप्ने र अतिक्रमण गर्नेलाई कानुनी कारबाही गरी गराई त्यसलाई पूर्ववर्त रुपमा ल्याउन सरोकारवाला निकायका प्रमुखहरुसँग समन्वय गर्ने र तत्सम्बन्धी काम कारबाहीको प्रगति सार्वजनिक गरिने छ ।
३८ नेपाल सरकारले विभिन्न समयमा उपलब्ध गराउने ऐन, नियम, कार्यविधि एवं नियमावलीहरु लागू गराउने तर्फ नगरपालिकाको भूमिका अहम रहनेछ ।
३९ नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रम तोकिएको समय सीमामा गरि त्यसको सार्वजनिकिकरण समेत गर्ने छ ।

आदरणीय प्रमुख अतिथि ज्यू,
आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि तय गरिएका कार्यक्रमहरु निम्न अनुसार प्रस्तुत गर्न चाहन्छु ।
ङ) कार्यक्रमहरु -
(१) साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रबद्र्धन सम्बन्धि -
१ मौलिक शैलीका घर निर्माण कार्यमा प्रोत्साहित गर्न नक्सापासमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।
२ नगर भित्रका मठ, मन्दिर, सत्तल, पाटी, पौवा, पोखरी, इनार, ढुङ्गेधारा, कुवा आदिको लगत अध्यावधिक गरी मर्मत संभार कोषको व्यवस्था गरी जीर्णोद्धार गर्ने कार्य क्रमिक रुपमा गरिने छ ।
३ स्थानीय संस्कृति, भजन, बाजागाजा,अन्य कला र संस्कृतिलाई जीवन्त राख्न प्रोत्साहन गर्दै लैजान आवश्यक कार्यक्रम गरिने छ ।
४ नगरक्षेत्र भित्रका सरकारी वन, सामुदायिक वन, निजी वनहरुको अभिलेख राखी संरक्षण गर्न नगरवासी/संघ/संस्था/ समुदायहरुलाई सक्रिय गराइने छ ।
५ नगर क्षेत्रभित्र आवश्यक स्थानमा सार्वजनिक शौचालयहरुको निर्माण र सञ्चालन गरिने छ ।
६ सार्वजनिक जग्गा संरक्षणको लागि छुट्टै छानविन समिति गठन गरी सो समिति मार्फत् यस नगर क्षेत्र भित्र रहेका सबै सार्वजनिक जग्गाहरुको नाप नक्सा रेखाङ्कन गरी संरक्षण गरिने छ ।
७ सार्वजनिक जग्गा तथा वन क्षेत्रमा भएको भू–क्षयलाई रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
८ टोखा नगरको ऐतिहासिक क्षेत्रलाई परम्परागत शैलीमा घर निमार्ण गर्न प्रोत्साहन गरि एक घर एक सम्पदा तथा खुल्ला संग्राहलय स्थापनाका लागि त्यहाँका जनतालाई अभिप्रेरित गरिने छ ।
९ ऐतिहासिक टोखामा रहेका सास्कृतिक सम्पदा, सांस्कृतिक महत्वका विभिन्न खलः, गुठी, जिवित देवी गणेश कुमारी, विस्केट जात्रा संचालन तथा संस्कृत पर्वसँग सम्बन्धि विविध क्रियाकलाप संचालनका लागि नगरपालिकाले ग्राह्यता दिईने साथै अन्य निकायमा समेत पहलकदमी गरिनेछ ।
१० नगरक्षेत्र भित्रको एतिहासिक सम्पदा तथा स्थानहरुको संरक्षणका साथै प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पहल गरिनेछ ।
११ विद्यमान विशाल संस्कृतिको निरन्तरता तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन तथा ब्यवस्थापन गर्दै आधुनिक कृषि, ब्यवसायिक शिक्षा तथा पर्यटनका दीगो तथा वातावरण मैत्री पूर्वाधार निर्माण गरी रोजगारीको सुनिश्चिता साथै सम्मुनत, सुरक्षित तथा विकसित समाजको श्रृजना गरिने छ ।

(२) खानेपानी तथा सरसफाई एवं वातावरणीय सुधार सम्बन्धि ः
१ सरसफाईको निरीक्षणलाई बढी प्रभावकारी बनाई नगरको दैनिक सरसफाई कार्य तथा फोहोर संकलनमा थप सुधार गरिनेछ ।
२ फोहोर मैला न्यूनीकरण गर्न समुदाय परिचालन तथा जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने तथा कुहिने र नकुहिने फोहोर घर घरमा नै छुट्याई संकलन गर्ने कार्य प्रारम्भ गरिने छ ।
३ नगरपालिका क्षेत्रमा आफ्नो घर कम्पाउण्डभित्र कम्तिमा पनि एउटा विरुवा रोप्नलाई प्रोत्साहन गर्न ‘‘एक घर एक रुख’’ को अभियान चलाइनेछ ।
४ कम्पोष्ट मल उत्पादन कार्यमा नगरवासीहरुलाई सक्रिय गराइने छ ।
५ फुटपाथ व्यवस्थापन, बजार व्यवस्थापनमा थप सुधार गरिने छ ।
६ नगर क्षेत्रमा प्लाष्टिकका झोला प्रयोगमा पूर्ण रुपमा वन्देज लगाईने छ ।
७ खानेपानीको स्रोत र मुहान संरक्षणमा पहल गर्ने, साथै जलाधार क्षेत्रमा वृक्षारोपण र हरियाली कायम गरिनेछ ।
८ आवश्यक स्थानमा खानेपानी उत्पादनका लागि डिप वोरिङ गर्ने कार्यमा सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
९ काठमाडौ उपत्यका खानेपानी लिमिटेड एव. दातृ निकाय समेतसँग समन्वय र सहकार्य गरी खानेपानीको आवश्यक व्यवस्थापन गरिने छ ।
१० नगरक्षेत्रको ढल निकासलाई ब्यवस्थित गरिनेछ । विष्णुमति नदी, साङ्गले खोला र सपनतिर्थ खोला लगायत सार्वजनिक खोलामा खुल्ला ढल फाल्ने कार्यलाई रोक्न विशेष पहल गरिने छ । साथै खोला नदीको सफाई अभियानलाई सञ्चालन गरिनेछ ।
११ नगरपालिका क्षेत्रभित्रका सडक ढल खानेपानी लगायतका भौतिक पूर्वाधारको अभिलेख राख्न पहल गरिनेछ ।
१२ नगरक्षेत्र भित्रका सार्वजनिक पर्ति जग्गाको संरक्षण गरी नगर विकासमाउक्त जग्गाको उपयोग गरिनेछ ।
१३ नगरक्षेत्र भित्र रहेका भौतिक पूर्वाधार तथा सम्पतिको नियमित मर्मत सम्भारको ब्यवस्था मिलाईनेछ ।
१४ नगरक्षेत्रको फोहोरमैला ब्यवस्थापनको लागि सम्बन्धित सरोकारवाला, अन्य निकायहरुसँग सहकार्य गरि ब्यवस्थापनको कार्य गर्न पहल गरिनेछ ।
१५ छाडा पशु, चौपायाको उचित ब्यवस्थापन गर्ने, पशु बधशाला ब्यवस्थापन गर्ने, मासु तथा खाद्य बस्तुहरुको बजार अनुगमनलाई अझ प्रभावकारी बनाईनेछ ।
१६ दाहसंस्कार स्थल ब्यवस्थापन गर्ने र स्तरोन्नती गरिनेछ ।
१७ साविक झोरमहांकाल गाविस हाल टोखा न.पा. वडा नं. १ र २ को क्षेत्रलाई पनि खुल्ला दिसामुक्त क्षेत्र बनाई यस नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी पूर्ण सरसफाई तर्फ उन्मुख गरिनेछ ।

(३) शिक्षा तथा खेलकुद सम्बन्धि ः
१ नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुको स्तरोन्नतिको लागि विशेष व्यवस्था गरिने छ ।
२ सामुदायिक विद्यालयमा अध्ययन गर्ने शहीद एंव बेपत्ता नागरिकका तथा विनाशकारी भुकम्प पिडितका छोरा छोरी, दलित, अपाङ्ग तथा गरिब जेहेन्दार छात्र छात्राहरुलाई पोशाक, किताब, कापी सहितकोे छात्रवृत्तिको व्यवस्था गरिने छ ।
३ साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न सामुदायिक अध्ययन केन्द्र ९ऋीऋ० हरु विस्तार गरी नगरलाई पूर्ण साक्षरता बनाउन पहल गरिने छ । संयुक्त वडा कार्यालयमा बाल पुस्तकालय एवं वाचनालय केन्द्रको स्थापना गरिने छ ।
४ नगरस्तरीय खेलकुद विकास समिति मार्फत विभिन्न कार्यक्रमहरु गरिनेछ ।

(४) जनस्वास्थ्य सम्बन्धि ः
१ जनस्वास्थ्य कार्यालय मार्पmत् सञ्चालित विभिन्न कार्यक्रमहरु सञ्चालनमा सहयोग गरिने छ ।
२ टोखा नगरपालिका क्षेत्र भित्र बधशाला निर्माणका लागि आवश्यक अध्ययन गरिने छ ।
३ यस नगरपालिका भित्र रहेका अस्पतालसँग आवश्यक समन्वय गरी नगरबासीहरुलाई उपचारमा विशेष छुट ब्यवस्थाको पहल गरिने छ ।
४ उपभोक्ता हितलाई ध्यानमा राखी सम्बन्धित निकायहरुको सहयोगमा बजार अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
५ स्वास्थ्य चौकीहरुमा सेवारत महिला स्वयंसेविकी संख्यामा यकिन गरी मासिक रु. ५००÷ का दरले खाजाभत्ता प्रत्साहन स्वरुप दिईने छ ।

(५) रोजगार प्रबद्र्धन सम्बन्धि ः
१ लक्षित समूहका लागि रोजगारी प्रबद्र्धनमा टेवा पु¥याउन विभिन्न सीपमूलक तालिमहरु र अन्य रोजगारमूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२ महिलाहरुका लागि आय आर्जन, सीप अभिबृद्धि सम्बन्धी तालिमहरु सञ्चालन गरिने छ ।
३ घरेलु उद्योगलाई प्रोत्साहन दिईने छ । साथै कृषि जन्य उत्पादन र दैनिक उपभोग्य बस्तु उत्पादनबाट हुने स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिई कार्य संचालन गरिनेछ ।
४ युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न शिप मूलक ब्यवसाय संचालनका लागि आवश्यक पूँजि निर्माणमा पहल गरिनेछ ।
५ कृषि क्षेत्रको पकेटको रुपमा रहेको यस टोखा नगरपालिका क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनलाई यसै नगरभित्र विक्रीवितरण गर्नको लागि वडा नं. १२ रमणवस्ती नजिक विष्णुमति नदि किनारमा वजार निमार्ण गरिने छ ।
६ टोखा नगरपालिकाको विशिष्ट पहिचान बोकेको चाकु ब्यवसायलाई उद्योगका रुपमा अगाडि बढाउन आवश्यक पहल गरिनेछ ।

(६) लक्षित समूह सम्बन्धि ः
१ लक्षित समूह (असहाय महिला, बालबालिका, अपाङ्ग, दलित, विपन्न वर्ग, कृषक तथा मजदुर र ज्येष्ठ नागरिकहरु) को उत्थान र सशक्तिकरणका लागि समावेशी कार्यक्रमहरु सञ्चालनमा प्राथमिकता दिइने छ ।
२ महिला सशक्तिकरण र महिला सीप विकास सम्बन्धी कार्यक्रमलाई सहयोग गरिने छ ।
३ बाल मैत्री लैंगिक समता र सामाजिक समावेशीकरणका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
४ ज्येष्ठ नागरिक सेवा सदन, सामुदायिक भवन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
५ अपाङ्ग सम्बन्धी कार्यक्रम गर्ने संस्थाहरुसँग सहकार्य गरिने साथै टोखा नगरपालिकालाई अपाङ्ग मैत्री नगर बनाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
६ दलित समुदायको आर्थिक, सामाजिक क्षमता अभिबृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।
७ बिपन्न वर्गका महिलाहरुको सशक्तिकरणका लागि आयमुलक सचेतना प्रवद्र्धन सीप विकास र रोजगारको अवसर सृजना गर्ने कार्यक्रम तर्जुमा गरिनेछ ।
८ बालबालिकाहरुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप नगरलाई बालमैत्री नगरको रुपमा विकास गरिनेछ ।
९ फरक क्षमता भएका विपन्न तथा आर्थिक एवं समाजिक रुपमा पछाडि पारिएका समुदायको उत्थान गरिनेछ ।

(७) आर्थिक तथा कृषि विकास सम्बन्धि ः
१ आगामि आर्थिक वर्षभित्र नगरको दीर्घकालिन गुरुयोजना (ःबकतबच एबिल) तयार गरी सो अनुसार नगरको समग्र विकास कार्य अगाडि बढाइनेछ । साथै आवधिक तथा विषयगत योजनाहरु बनाउने कार्य अगाडि बढाउनका साथै नगर प्रोफाईल तयार गर्ने कार्यलाइ पूर्णता दिईनेछ ।
२ घर जग्गा करलाई सूचना प्रणालीमा आधारित र संशोधित स्थानीय स्वायत्त शासन ऐन बमोजिम हुने गरी लागू गर्न पूर्वाधार तयार गर्ने कार्य सञ्चालन गरिने छ ।
३ राजश्वका थप स्रोतहरुलाई कर प्रणालीमा आवद्ध गरिने छ । आगामि वर्षमा नगरका सबै कर तथा राजश्वको बैज्ञानिक अध्ययन गरी सो को प्रतिवेदनको आधारमा आवश्यक छलफल गरी कार्यान्वयन गरिने छ ।
४ विनाशकारी भुकम्प तथा मुलुकको बर्तमान अस्थिर अवस्थाका कारण राजश्व परिचालनमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी अनावश्यक खर्च नियन्त्रणमा जोड दिईनेछ ।
५ आर्थिक कार्य प्रणालीलाई चुस्त र दुरुस्त बनाई वित्तिय सुशासन कायम गरिनेछ ।
६ विगत समय देखी रहेका पेश्की तथा बेरुजु फछ्र्याैट कार्यलाई प्रभावकारी बनाई न्यूनीकरण गरिनेछ ।
७ आर्थिक क्रियाकलापहरुको मासिक चौमासिक र बार्षिक विवरण सुचनापाटीका साथै संचार माध्यमहरुबाट सार्वजनिक गरिनेछ ।
८ टोखा नगरपालिकाबाट टोखा आवाज नामक चौमासिक बुलेटिन प्रकाशन गरी नगरबासीलाई सूसुचित गराईनेछ ।
९ जिल्ला कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयसँग समन्वय स्थापना गरी कृषकहरुलाई आवश्यक सहयोग पु¥याउने कार्यक्रम सञ्चालन गरिनेछ ।
१० यस नगर क्षेत्रलाई प्राङ्गारिक कृषि क्षेत्र बनाउन विशेष पहल गरिने छ । साथै करेसा तथा गमला खेतीलाई प्रोत्साहन गरिने छ ।
ड्ड नगरको भू–उपयोग नीति तयार गरी सो अनुसारको कार्य थालनी गरिने छ ।

(१०) संस्थागत क्षमता तथा जनशक्ति विकास सम्बन्धि ः
१ आवधिक योजना तर्जुमाको कार्यलाई निरन्तरता दिइने छ ।
२ कर्मचारी दक्षता विकास बृद्धि विकासका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
३ नगरपालिकाको संगठन विकास र प्रशासन सुधार अध्ययन गरिने छ ।
४ सेवा प्रवाहलाई सरल र सुलभ गर्न आवश्यक निर्देशिकाहरु तयार गरि लागु गरिने छ ।
५ सिफारिस प्रकृयालाई कम्प्युटराईज गरिने छ ।
६ संस्थागत क्षमता बृद्धिका लागि आवश्यकता अनुसार सफ्टवेयरहरुको व्यवस्था गरिने छ ।
७ नियमित मितब्ययिता कार्यदक्षता प्रभावकारीता तथा औचित्यका आधारमा आपूर्ति तथा खरिद ब्यवस्थापन गरिनेछ ।
८ जिन्सी सामाग्रीहरुको बार्षिक खरिद योजना तयार गरी कार्यान्वयनमा ल्याईनेछ । साथै सोझै खरिद गरिने जिन्सी सामग्रीहरुको बजार सर्वेक्षण गरी सोको आधारमा दररेट किटान गरी जिन्सी सामग्रीहरुको खरिद कार्य गरिनेछ ।
९ जिन्सी निरीक्षण समिति गठन गरी सोको प्रतिवेदन कार्यान्वयन गरिनेछ ।
१० कार्यालयको आवश्यकता, कार्यबोझ, कामको प्रकृति, आदिका आधारमा दरबन्दी समेत किटान गरी संगठन संरचना पुनरावलोकन गरिनेछ ।
११ कर्मचारी आचार सहिंताको पूर्ण पालना गराई दण्ड र पुरस्कारको माध्यमबाट कार्यालयमा सदाचार पद्धतिको विकास गरिनेछ ।
१२ नगरपालिकाको वेभसाईड निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
१३ मेलमिलाप पद्धतीलाई प्रभावकारी बनाउन प्रत्येक वडामा मेलमेलाप समिति गठन गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
१४ आफ्ना करदाताहरुको लागि करदाता सहयोगी डेस्क मार्फत कर बुझाउने सहज ब्यवस्था मिलाउने, कानुनले स्थानीय तहलाई उपलब्ध राजश्वको दायरा बढाउने करदाता मैत्री वातावरण विकास गर्दै कर तिरेको आधारमा सेवा सुविधा प्रवाह गर्ने नीतिगत ब्यवस्थालाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
१५ कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यसम्पदान प्रकृयामा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने तर्फ आवश्यक प्रबन्ध मिलाउने छ ।

(११) सुशासन र सदाचार तथा समन्वय सम्बन्धि ः
१ नगरपालिकाका निर्णयहरु जनसमक्ष सार्वजनिकीकरण गरिने छ ।
२ सदाचार पद्धतिको पालनाद्वारा सेवा प्रवाहमा निरन्तर सुधार गर्ने प्रयत्न गरिने छ ।
३ नगरपालिकाको विनियम तथा निर्देशिकाहरु तर्जुमा गरी लागू गर्ने प्रयास गरिने छ ।
४ सार्वजनिक सुनुवाई कार्यक्रमहरु सञ्चालन गरी सेवा प्रवाहमा सुधार र सहज बनाइने छ ।
५ नगर क्षेत्रमा रहेका उद्योग, कारखाना, व्यापार व्यवसाय, विभिन्न व्यावसायिक संघ संस्था, कम्पनी सबैलाई करको दायरा भित्र ल्याई नियमानुसार कर असुल गरिने छ ।
६ नगरपालिकाको दैनिक कार्य संचालनमा उचित राय सल्लाह र सुझावको लागि स्थानीय स्वायत शासन ऐन नियमअनुसारको विषयगत समितिहरु गठन गरिने छ ।
७ नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिलाई थप क्रियासिल गराईने छ ।
८ सेवाग्राहीको कुनै पनि काम तोकिएको समय भित्र सम्पन्न गर्ने, सम्पन्न हुन नसक्ने वा नमिल्ने भएमा आधार, कारण र औचित्य खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउने वा सूचना पाटीमा टाँस गर्ने ब्यवस्था गरिने छ ।
९ कार्यालयको कुनै कर्मचारी वा सम्पादित कुनै कार्यको विरुद्धमा कुनै उजुरी परेमा ३ दिन भित्र छानविन प्रारम्भ गरी कानूनले अवधि तोकेकोमा सोही अवधिभित्र र नतोकिएकोमा १५ दिनभित्र कारबाही किनारा लगाईनेछ ।
१० आफ्नो र मातहतका कार्यालयमा गुनासो सुन्ने अधिकारीको ब्यवस्था गर्ने र प्राप्त गुनासाहरु कानुनले तोकिएकोमा सोही अवधिभित्र र नतोकिएकोमा ७ दिनभित्र फछ्यौट गरी गराई सम्बन्धित सरोकारवालालाई जानकारी गराउने ब्यवस्था गरिनेछ ।
११ कार्यालयमा प्राप्त स्रोत साधनको उच्चतम परिचालन गरी उत्पादकत्व अभिबृद्धि गर्ने । बजेट सञ्चालनमा अनुशासित रही पुँजिगत खर्च बृद्धि गरिनेछ । वित्तिय सुशासनलाई अझ प्रभावकारी बनाई बजेट छनौट, खर्चलाई मितब्ययी बनाउने, बजेटको न्यायोचित वितरण, पेश्की र बेरुजुको नियमित असुली र फछ्यौट गरिनेछ ।

आदरणीय महानुभावहरु !
अब म गत आ.व. को यथार्थ, चालु आ.व.को प्रस्तावित र ०७२ मंसिर मसान्तसम्मको संशोधित एवं आगामि आ.व.को प्रस्तावित अनुमानित आय ब्यय विवरण एवं सोको विश्लेषण प्रस्तुत गर्न चाहन्छु । नगर परिषदले पारित बजेटको संक्षिप्त विवरण अनुसूची १ मा र पारित योजना तथा कार्यक्रम अनुसूची २ मा समावेश गरेको छु । साथै आ.व. ०७२।७३ को संशोधित र आगामि आ.व. ०७३।०७४ को योजना, कार्यक्रम तथा बजेटको विस्तृत विवरण यस नगरपालिकाबाट प्रकाशित हुने परिषदको निर्णय सार्वजनिकिकरण पुस्तिकामा समावेश गरिने छ ।

बजेट विश्लेषण
क. आय तर्फ
यस नगरपालिकामा प्राप्त हुने कुल बजेट विश्लेषण गर्दा बाह्य तथा आन्तरिक श्रोत र राजश्व बाडफाँडबाट प्राप्त हुने र अन्य आय समेत बाह्य स्रोत राहत वितरणका लागि ३ करोड ९६ लाख ८० हजार, सामाजिक सुरक्षा भत्त ा रु. ९३ लाख ९५ हजार २ सय, रजिष्ट्रेशन दस्तुर २५ लाख १५ हजार ५ सय, नेपाल सरकारको अनुदान २ करोड २३ लाख ६२ हजार ४७ गरी चालु तर्फ जम्मा आय ७ करोड ३९ लाख ५२ हजार ७ सय ४७ रहेको थियो भने आन्तरिक तर्फ ५ करोड ६३ लाख ७८ हजार ४ सय ३५ रुपैया ३६ पैसा रहेको थियो ।

त्यसै गरी चालु आर्थिक वर्षको अनुमानित आय बाह्य तर्फ नेपाल सरकार अनुदान ५ करोड १० लाख, मालपोत रजिष्ट्रेशन १ करोड १५ लाख, सामाजिक सुरक्षा २ करोड १५ लाख, अन्य निकायबाट रु ५५ लाख गरी जम्मा ८ करोड ९५ लाख र आन्तरिक अनुमानित आय ६ करोड २० लाख ७५ हजार रहेकोमा मंसिर मसान्तसम्मको यथार्थ आय बाह्य तर्फ नेपाल सरकार अनुदान ८९ लाख, सामाजिक सुरक्षा १ करोड २६ लाख ५५ हजार ८ सय, अन्य निकायबाट ३१ हजार २ सय गरी जम्मा बाह्य आय २ करोड १५ लाख ८७ हजार र आन्तरिक आय २ करोड ६८ लाख १ हजार ९ सय ९९ रुपैया ४ पैसा र गत वर्षको मौज्दात ३ करोड ७५ लाख १२ हजार ६ सय ७८ रुपैया ७१ पैसा गरी कूल जम्मा ८ करोड ९५ लाख १ हजार ६ सय ७७ रुपैया ७५ रुपैया रहेको छ ।

आगामी आ.व. ०७३/०७४ को लागि बाह्य अनुमानित आय नेपाल सरकारको अनुदान ५ करोड ५० लाख, जिविस अनुदान २५ लाख, मालपोत रजिष्ट्रेशन १ करोड अन्य र निकायबाट ५० लाख र सामाजिक सुरक्षा ३ करोड ५० लाख गरी जम्मा बाह्य आय रु. १० करोड ७५ लाख र आन्तरिक आय तर्फ ६ करोड ६० लाख गरी कूल १७ करोड ३५ लाख अनुमानित गरिएको छ । यो आय आ.व. ०७१।०७२ को तुलनामा ०७२।०७३ मा १६.२९ र ०७२।०७३ को तुलनामा ०७३।७४ मा १४.४६ प्रतिशतले बृद्धि भएको छ ।

यस नगरपालिकाका प्रमुख आयमा बाह्य तर्फ नेपाल सरकारबाट प्राप्त अनुदान, जिविसबाट प्राप्त रकम, मालपोत रजिष्ट्रेशन रहेका छन् भने आन्तरिक तर्फ घरजग्गा कर, नक्सापास दस्तुर, ब्यवसाय कर, विभिन्न सिफारिस रहेका छन् ।
ख. ब्यय तर्फ
आ.व. ०७१÷०७२ को चालु यथार्थ खर्च १ करोड १ लाख ३ हजार ९ सय ६३ रुपैया ६१ पैसा, सामाजिक सुरक्षा तर्फ ९२ लाख ७० हजार ४ सय, राहत रकम वितरणमा रु. ३ करोड ३८ लाख ७० हजार, पुजिगत खर्च तर्फ ३ करोड ९६ लाख ६४ हजार १ सय ४० गरी कूल खर्च रु ९ करोड २८ लाख १८ हजार ५ सय ३ रुपैया ६० पैसा रहेको थियो ।

चालु आर्थिक वर्षको अनुमानित सामाजिक सुरक्षा भत्ता २ करोड १५ लाख र चालु खर्च ३ करोड ४९ लाख ६० हजार गरी अनुमानित चालु खर्च रु. ५ करोड ६४ लाख ६० हजार रहेकोमा २०७२ मंसिर मसान्तसम्मको यथार्थ चालु ब्यय सामाजिक सुरक्षा भत्ता १ करोड १४ लाख ५८ हजार ४००, राहत वितरण रु. ८ लाख ७८ हजार ६ सय, चालु खर्च रु १ करोड ३१ लाख ५७ हजार ६ सय ९४ रुपैया ८१ पैसा गरी कूल रु. २ करोड ५४ लाख ९४ हजार ६ सय ९४ रुपैया ८१ पैसा रहेको छ । त्यसैगरी चालु आ.व.को पुजिगत अनुमाति ब्यय ९ करोड ५१ लाख १५ हजार रहेकोमा मंसिर मसान्तसम्म रु १ करोड ७१ लाख ५१ हजार ५ सय १० रुपैया ५० पैसा रहेको छ र बैंक जम्मा ४ करोड ३२ लाख ५५ हजार ४ सय ७२ रुपैया ४४ पैसा गरी चालु आ.व. ०७२/०७३ को मंसिर मसान्तसम्म जम्मा चालु र पुजिगत खर्च रु ८ करोड ५९ लाख १ हजार ६ सय ७७ रुपैया ७५ पैसा रहेको छ ।

आगामी आर्थिक वर्ष ०७३/०७४ को प्रस्तावित ब्ययमा चालु तर्फ ६ करोड ४६ लाख २५ हजार, सामाजिक सुरक्षा भत्ता खर्च रु ३ करोड ५० लाख, पुजिगत तर्फ १० करोड ३८ लाख ७५ हजार गरी कूल रु १७ करोड ३५ लाखको ब्यय अनुमानित गरिएको छ । यो ब्यय अनुमान आ.व. ०७२/०७३ को तुलनामा १४.४६ प्रतिशतले बृद्धि भएको छ । यसैगरी चालु आ.व. ०७२/०७३ को मंसिर मसान्तसम्ममा कूल बजेटको २९ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छु ।

आदरणीय प्रमुख अतिथीज्यू, विशिष्ट अतिथिज्यू, तथा अन्य अतिथिज्यूहरु,
अन्त्यमा, हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो ब्यस्त समयका बाबजुद पनि यस गरीमामय परिषदमा प्रमुख अतिथिको रुपमा उपस्थित भई आम टोखा नगरबासीको उत्साह बढाईदिनुभएकोमा माननीय भूमिसुधार तथा ब्यवस्था राज्यमन्त्री श्री विक्रम बहादुर थापा ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु । यस नगरपरिषदका निर्णयहरुको सार्वजनिकीकरण कार्यक्रममा माननीय सांसद ज्यूहरुको उल्लेखनिय उपस्थितिले हामीलाई खुशी तुल्याएको छ यहाँहरु प्रति विशेष धन्यवाद ब्यक्त गर्न चाहन्छु । साथै राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, योजना तर्जुमा समितिका सदस्यज्यूहरु, विषयगत समितिका पदाधिकारीज्यूहरु, विषयगत कार्यालयका प्रमुखज्यूहरु, वडा नागरिक मञ्चका संयोजक तथा सदस्यज्यूहरु, नागरिक सचेतना केन्द्रका संयोजक एवं सदस्यज्यूहरु, नागरिक समाज, गैरसरकारी तथा नीजि क्षेत्र, संचारकर्मी तथा सम्पूर्ण कर्मचारी एवं सम्पूर्ण टोखा नगरबासी सबैलाई धन्यवाद ब्यक्त गर्दछु । चालु बजेटको कार्यान्वयन र आगामि आ.व.को बजेट तर्जुमा कार्यमा सहयोग पु¥याउने सबैमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट यस टोखा नगरपालिकाको विकासमा सहयोग पुग्ने, आर्थिक समृद्धिमा मद्दत पुग्ने, रोजगारी अभिबृद्धि हुने विश्वास लिएको छ । यस बजेटको सफल कार्यान्वयनमा यहाँहरु सबैको सहयोग निरन्तर रहने अपेक्षा लिएको छु ।
धन्यवाद !

भोजराज खतिवडा
प्रमुख एवं कार्यकारी अधिकृत
टोखा नगरपालिका
२०७२ पौष २९ गते बुधवार