FAQs Complain Problems

कोरोना भाइरस (COVID-19) परिक्षणको नतिजा सम्बन्धि अत्यन्त जरुरी सूचना !!!

 

टोखा नगरपालिका वडा नं. ९, बुद्धमार्गमा वसोवास गर्ने एक २९ वर्षिय सुत्केरी महिलाको कोभिड १९ को संक्रमणका कारण मृत्यू भएकोमा वहाँ वसोवास गर्ने सो स्थानका सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजपडताल गरि उक्त क्षेत्र नगरपालिकाले सिल गरि सम्पर्कमा आएका सवै २४ जना व्यक्तिहरूको PCR विधिवाट जाँच गर्दा सवै जनाको नतिजा नेगेटिभ देखिएको हुँदा उक्त टोलमा वसोवास गर्ने सवै टोल वासीहरुलाई त्रसित नभई सम्यमता अपनाई Lockdown पूर्ण पालना गरी कोभिड १९ को संक्रमणवाट आफु पनि वच्न र अरुलाई पनि बचाउन हार्दिक अनुरोध गर्दछौं ।

प्रकाश अधिकारी

नगर प्रमुख, टोखा नगरपालिका