FAQs Complain Problems

Flash News

online व्यक्त्तिगत घटना दर्ता सम्बन्धमा

घटना दर्ता सम्बन्धी अनलाईन फारम (सेवाग्राहीको लागि) : https://public.donidcr.gov.np/                      

(क) घटना दर्ता सम्बन्धी जानकारी:

-घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नि:शुल्क घटना दर्ता गरौँ । सबैको व्यक्तिगत घटना दर्ता अनलाईन गरौँ ।

-३५ दिन कटे पश्चात रू. ५०० शुल्क लाग्नेछ ।

-घटना दर्ता कसले गर्ने वा सूचक को हुने ?

  • जन्म तथा मृत्यु दर्ता एका-परिवारको नागरिकता लिएको व्यक्ति
  • विवाह दर्ता दुवै पति-पत्नी
  • सम्बन्ध-विच्छेद -अदालतको निर्णय सहितको पति/पत्नी
  • बसाई-सराईको हकमा एका-परिवारको नागरिकता लिएको व्यक्ति

घटना दर्ताले हुने फाईदाहरु:

  •    -प्रमाणपत्रको कानूनी मान्यता हुने भएकोले जुन्सौक्कै अड्डा-अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिने
  •    -आमा, बाबु, उमेर, आदिको बैधानिक प्रमाण हुने स्कुलमा भर्ना हुनको लागि सजिलो पार्ने नागरिकता प्रमाणपत्र लिन सजिलो हुने
  •    -नाता कायममा सहज हुने
  •    -चल अचल सम्पति नामसारी गर्न सजिलो पर्ने
  •    -पति पत्निविच वैधानिक सम्बन्ध कायम हुने
  •    -जीवन विमा, पेन्सन, उपदान वा बैंकबाट रकम भुक्तानमा सुविधा हुने
  •    -विदेश जानको लागि भिसा प्राप्त गर्न सुविधा हुने, आदि

 

(ख) सामाजिक सुरक्षा सम्बन्धी जानकारी

- एक व्यक्तिले एक लक्षित समूहबाट मात्र भत्ता प्राप्त गर्न सक्दछन् । एउटै व्यक्तिले दोहोरो सुबिधा लिनु गैर कानूनी हो ।

-सार्वजनिक पदमा नियुक्त, निर्वाचित, मनोनित तथा निवृत्तिभरण पाईरहेको नागरिकलाई उपलब्ध हुँदैन र लिन पनि हुँदैन

सि नं

लाभग्राहीको समूह

भत्ता प्राप्त गर्न पुरा हुनुपर्ने उमेर

मासिक

भत्ता दर

त्रैमासिक

रकम

कैफियत

१

जेष्ठ नागरिक

६८

४०००

१२०००

 

२

जेष्ठ नागरिक दलित

६०

२६६०

७९८०

 

३

जेष्ठ नागरिक एकल महिला

६०

२६६०

७९८०

विवाह नगरी बसेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका र पतिको मृत्यू भएका

४

असहाय एकल महिला

(विधवा)

जुनसुकै उमेर

२६६०

७९८०

पतिको मृत्यू भई अर्को विवाह नगरेका

५

पूर्ण अशक्त अपाङ्गता

जुनसुकै उमेर

३९९०

११९७०

क वर्ग अर्थात रातो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका

६

अति अशक्त अपाङ्गता

जुनसुकै उमेर

२१२८

६३८४

ख वर्ग अर्थात् नीलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका

७

दलित बालक बालिका

जन्मदर्ता भएको

५३२

१५९६

जन्म दर्ता गरेका तर ५  वर्ष उमेर ननाघेका एक आमाबाट जन्मेका बढीमा २ सन्तान