FAQs Complain Problems

Flash News

वातावरण तथा विपद व्यवस्थापन समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
नरोत्तम राना  संयोजक ९८५१२३१५३२  
रमेश खत्री  सदस्य  ९८४१२५५१४८  
शान्ता राई   सदस्य  ९८४१६६३७४८  

 

 

 

 

वातावरण तथा विपद व्यबस्थापन समितिको काम कर्तव्य र अधिकार:

(१) नगरपालिका क्षेत्र भित्रको वातावरण तथा जैविक विविधता संरक्षण, फोहोर मैला व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा प्रदूषण नियन्त्रण सम्बन्धमा आवश्यक नीति, योजना, कार्यक्रम तर्जुमा गर्ने ।

(२) नगर सभा तथा कार्यपालिकाबाट स्वीकृत वातावरण सम्बन्धी वजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गराउन आवश्यकरण नीति, कार्य नीति, क्रियाकलाप समेत सिफारिस गर्ने ।

(३) सफा, सुन्दर र स्वच्छ नगर बनाउन आवश्यक अध्ययन, अवलोकनगरी सुझाब पेस गर्ने ।

(४) वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन कार्य गर्ने शाखा तथा वडा कार्यालयहरु बाट भए गरेका कार्यहरु प्रभावकारी भए नभएका

अनुगमन र निरीक्षण गरी कार्यान्वयनमा प्रभावकारिता ल्याउने ।

(५) "Clean and Green City" को अवधारणा अनुसार कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

(६) सार्वजनिक शौचालय निर्माण, वायु प्रदूषण नियन्त्रण, वातावरण

संरक्षणमा समुदायको अधिकतम परिचालन, जैविक फोहोर घरघरमा व्यवस्थापन, सफा टोल अभियान, शहरीक्षेत्रका साना वन व्यवस्थापन, तरकारी, फलफुल तथा माछामासु बजारलाई आधुनिकीकरण तथा नदीकिनारा संरक्षणका लागि नगरसभा तथा कार्यपालिकाबाट स्वीकृत नीति तथा कार्यक्रमहरुको कार्यन्वयनकालागि कार्ययोजना तयार गर्ने ।

(७) वन तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण, सिमसार संरक्षण, पोखरी तथा जलासय निर्माण र संरक्षणका लागि स्थानीय समुदायको

सहभागिता अभिवृद्धि हुने गरी योजना र कार्यक्रम तयार गर्ने ।

(८) खानी तथा नदीजन्य पदार्थ एवम् प्राकृतिक स्रोत र सम्पदा एवम् जडिवुटीको पहिचान, संरक्षण र उपयोगकालागि आवश्यक नीति तथा कार्यक्रम तयार गर्ने ।

(९) फोहोरबाट उर्जा अभियान कार्यान्वयन गर्न आवस्यक कार्यक्रम तयार गर्ने ।

(१०) वडाबाट प्राप्तभई आएका कार्यक्रमहरुको एकिकृत खाका तयार गर्ने ।

(११) वातावरण मैत्री स्थानीय शासन कार्यन्वयन गर्न आवश्यक योजना र कार्यक्रम तयार गर्ने ।

(१२) सभाले तोकेका अन्य कार्य गर्ने ।