FAQs Complain Problems

Flash News

लैंगिक हिंसा विरुद्धको १६ दिने सचेतना अभियान अन्तर्गतका वडास्तर तथा नगरस्तरमा संचालन भएको अभिमुखी कार्यक्रमका झलकहरु ..

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

  • जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।

भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।

साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।