FAQs Complain Problems

Flash News

योजना तथा अनुगमन

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
मधुसुदन मिश्र    अ. छैटौं  ९८४१ ३१९०६९ gongabu8@gmail.com
दिपक कुमार धिताल  वरिष्ठ सहायक, स.पाँचौ  ९८५११७३२८७ dpk432@gmail.com

 

 

 

योजना सम्झौता गर्दा अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

क्र.सं. आवश्यक कागजातहरु
रितपुर्वक भरिएको योजना सम्झौता किताव 
योजनाको लगत इष्टिमेट
उपभोक्ता समिति तथा अनुगमन समिति गठनको माईन्यूट 
उपभोक्ता समिति/ टोल विकास संस्थाका अध्यक्ष सचिव र कोषाध्यक्षको नागरिकताको फोटोकपी र चालु आ व को कर तिरेको रसिदको फोटोकपी 
सम्बन्धित वडाको उक्त योजना संचालन सम्वन्धि सिफारीस
समिति वा संस्थाको योजना सम्झौताको लागि माग निवेदन
योजनाको शुरु अवस्थाको फोटो
संस्था दर्ता गरेको उपभोक्ता समितिले संस्था दर्ता प्रमाणपत्र र संस्था नविकरण नगरेको हकमा संस्था नवीकरण सहित 
योजनागत अन्य आवश्यक कागजातहरु

 

 

 

 

 

 

 

 

योजना सम्झौता गर्दा ध्यान दिनु पर्ने कुराहरु :

क्र.सं. ध्यान दिनु पर्ने कुराहरु
सरोकारवाल सवै महानुभावहरुको वृहत भेलाद्धारा समिति गठन गर्नुपर्नेछ
भेलामा स्थानीय जनप्रततिनिधिको उपस्थितीमा समिति गठन गर्नुपर्नेछ
योजनाको सम्झौता कितावमानै उपभोक्ता भेला उपभोक्ता समिति र अनुगमन समिति गठन गरी निर्णयहरु समेत सोही कितावमा लेखि पेश गर्नुपर्नेछ
उपभोक्ता समितिको अध्यक्ष सचिव र कोषाध्यक्ष मध्ये १ पदमा महिला अनिवार्य सहभागिता हुनुपर्ने । गठित अन्य समितिहरुको पदमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्नेछ ।साथै सम्भव भए सम्म समावेशी समिति गठन गर्नुपर्नेछ   
माथि उल्लेखित कागजपत्रहरु अनिवार्य रुपमा योजना सम्झौता गर्न आउँदा पेश गर्नु पर्ने छ अन्यथा कार्यालय सम्झौता गर्न वाध्य हुनेछ

 

योजनाको रकम भुक्तानी लिन आउँदा चाहिने आवश्यक कागजपत्रहरु :

क्र.सं. आवश्यक कागजातहरु
आम सरोकारवालाहरुको उपस्थितीमा उपभोक्ता समितिको कार्य सम्पन्न सम्वन्धि माईन्यूट
योजनाको प्रविधिक मूल्याङ्कन, कार्य सम्पन्न् प्रतिवेदन
उपभोक्ता समितिको सार्वजनिक परिक्षण प्रतिवेदन
स्थानीय जनप्रतिनिधीको रोहवरमा उपभोक्ता भेला गरी योजना सम्वन्धि आम्दानी तथा खर्च सार्वजनिकीकरण प्रतिवेदन
प्यान विलको हकमा कवुलियतनामा फारम भरी पेश गर्नु पर्ने
योजना सँग सम्वन्धित विल भर्पाइ पेश गर्नु पर्ने
स्थानीय अनुगमन समितिको प्रतिवेदन । वडाको अनुगमन समितिको प्रतिवेदन  साथै नगरपालिकावाट अनुगमन गर्नु पर्ने भए अनुगमन समितिको प्रतिवेदन
सम्बन्धित वडाको सिफारिस
योजनाको फोटो फ्लेक्स वोर्डको फोटो
१० योजना भुक्तानीको लागि निवेदन

 

 

 

 

 

 

 

 

 

योजनाको रकम भुक्तानी लिन आउँदा ध्यान दिनु पर्ने कुराहरु :

क्र.सं. ध्यान दिनु पर्ने कुराहरु
समितिवाट पेश भएको विल भर्पाई तथा अन्य भुक्तानी सम्वन्धि कागजातहरुमा समितिका पदाधिकारीले प्रमाणित सहिछाप गरेको हुनुपर्नेछ 
डोर हाजिरी फाराम भर्दा कामदारको जिल्लादर अनुसारको ज्याला दिनु पर्नेछ । उक्त डोरहाजिरी फारममा समितिका अध्यक्ष,सचिव र कोषाध्यक्षको सहि गरि सम्वन्धित प्राविधिकले प्रमाणित गरेको हुनुपर्नेछ
भ्याट लाग्ने वस्तु तथा सेवाको खरिदमा  भ्याट विल अनिवार्य हुनु पर्नेछ । साथै सम्वन्धित प्राविधिकले मूल्याङ्कन गर्दा उल्लेख गरेको रकम अनुसारको विल भर्पाई अनिवार्य समावेश गर्नुपर्नेछ
निर्णय गर्दा उपभोक्ता भेला गरी खर्चको हिसाव सार्वजनिक साथै गठित अनुगमन समितिको प्रतिवेदन सहितको निर्णयको फोटोकपी, वडा कार्यालयको अनुगमन माईन्यूट, वडा कार्यालयको भुक्तानी दिने सम्वन्धि सिफारिस लगायतका अन्य योजना संग सम्वन्धित कागजातहरु  पेश गरेको हुनुपर्नेछ
योजनाको जानकारी झल्कने  फ्लेक्स वोर्ड योजना स्थलमा टाँस भएको लगायतका योजना संग सम्वन्धित फोटोहरु अनिवार्य पेश गर्नुपर्नेछ