FAQs Complain Problems

Flash News

पूर्वाधार विकास समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
१ धर्मेन्द्र श्रेष्ठ (वडा नं. २)  संयोजक ९८५१०५६२४७  
२ धर्मेन्द्र श्रेष्ठ (वडा नं. ४) सदस्य  ९८४१६७३१२२  
३ जगतमाया प्रजापति  सदस्य  ९८०८५०८६३३  

 

 

 

 

पूर्वाधार विकास समितिको काम कर्तव्य र अधिकार:

(१) नगरपालिका क्षेत्रभित्र निर्माण गर्न आवश्यक भौतिक पूर्वाधारको विकास गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामा पेस गर्ने ।

(२) नगरसभा तथा कार्यपालिकाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गराउन आवश्यक कार्य योजना बनाउने ।

(३) पूर्वाधार विकास तथा भौतिक निर्माणका लागि शाखा तथा वडा कार्यालयहरुबाट प्रभावकारी रुपमा कार्य भए नभएको अनुगमन सुपरिवेक्षण गर्ने सम्बन्धमा अनुगमन समिति संग समन्वयन गरी कार्य सम्पादनमा थप सहजता र प्रभावकारिता ल्याउन सहयोग गर्ने ।

(४) नगरपालिका क्षेत्रभित्र अन्य सरकारी तथा गैरसरकारी निकाय र संघ संस्थाबाट हुने भौतिक निर्माण कार्यहरुमा आवश्यक समन्वय गर्ने ।

(५) स्वीकृत बजेट, नीति तथा कार्यक्रम अनुसार निर्माण गरिने पूर्वाधारहरु निर्दिष्ट समय, गुणस्तर र लागतमा सम्पन्न गर्न आवस्यक समन्वय गर्ने ।

(६) नगर भित्र अत्यावस्यक देखिएका भौतिक पूर्वाधार निर्माण तथा मर्मतकालागि अध्ययन तथा अनुगमन गरी सिफारिस गर्ने ।

(७) वडाबाट प्राप्तभई आएका भौतिक पूर्वाधार विकास आयोजनाहरुको एकिकृत खाका तयार गर्ने ।

(८) भौतिक पूर्वाधारको विकासमा जनसहभागिता अभिवृद्धि गर्ने वातावरण तयार गर्ने

(९) नगरभित्र दीर्घकालीन महत्वका पूर्वाधारहरुको विकास गर्न आवस्यक राय, परामर्श दिने ।

(१०) सभाले तोकेका अन्य कार्य गर्ने ।