छलफल कार्यक्रममा उपस्थित भइदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा पशु वधशाला तथा मासु जाँचसम्बन्धी ऐन, २०५५ तथा प्रचलित नियमावलीको प्रभावकारी कार्यान्वयनका साथै यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पशु वधशाला, पशु वधस्थल तथा मासु पसलहरूको व्यवस्थापन र नियमन सम्बन्धी विषयमा आवश्यक छलफल तथा समन्वय गर्न यस नगरपालिकाका लागि तोकिएका फोकल पर्सन, मासु निरीक्षक तथा मासु व्यवसायी समेतको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गरिएको हुँदा तपसिल बमोजिमको मिति, समय र स्थानमा अनिवार्य उपस्थित भइदिनुहुन अनुरोध छ।
तपसिलः
मितिः २०८३/०७/१७ गते, मंगलवार
समयः दिउँसो ११:०० बजे
स्थानः नगरपालिका हल