FAQs Complain Problems

Flash News

सूचना प्रविधि तालिम सम्बन्धी अत्यन्त जरूरी सूचना !!!

Samsung EVP 2018 Project अन्तर्गत यस कार्यालयको सहकार्यमा Samsung Company, BetterWorld र Friendship Nepal को सहयोगमा मिति २०७५/०५/२४ गते, आइतवार देखि शुरु हुन गईरहेको सूचना प्रविधि सम्बन्धी तालिममा छनोट भएका आवेदकहरुको नामावली.

सो सम्बन्धमा आवेदकहरुले आफ्नो सहभागिताको सुनिश्चितताको लागि शैक्षिक प्रमाणपत्रको छायाँकपी र सूचना प्रविधि तालिम प्रमाणपत्रको छायाँकपी (भएको खण्डमा) यस कार्यालयको सूचना प्रविधि शाखामा मिति २०७५/०५/२० गते भित्र अनिवार्य रुपमा पेश गर्नु हुन अनुरोध छ । अन्यथा, waiting list को आवेदकहरुलाई तालिममा सहभागी गरिने छ । साथै, आवेदकहरुले कुनै सांस्कृतिक कार्यक्रम(नृत्य वा अन्य) गर्न सक्ने भए सो को जानकारी समेत दिनु हुन अनुरोध छ ।

कार्यक्रम तालिका:
मिति २०७५/०५/२४ आइतवार- दिउँसो १:०० बजे उद्घाटन (टोखा नपा , वडा नं. ५ को कार्यालय, धापासी)

मिति २०७५/०५/२५ सोमवार देखि ०५/२८ बिहिवार सम्म - बिहान ०८ देखि बेलुका ०५ बजे सम्म तालिम संचालन

मिति २०७५/०५/२९ शुक्रवार, दिनको १२:३० बजे प्रमाणपत्र वितरण

(द्रष्टव्य : खान/खाजाको ब्यबस्था कार्यक्रमबाट हुनेछ )

सम्पर्क व्यक्ति : बसन्त पाठक 
सूचना प्रविधि अधिकृत 
Mobile number: ९८५११३७५१३ 
Email: ito.tokhamun@gmail.com
hellotokha@gmail.com

Supporting Documents: